top of page

सर्वाम्नाय (Nepali) प्रारम्भिक आधार कक्षा

  • 20 Steps

About

यो पाठ्यक्रमले तन्त्र शास्त्रमा अभिरुचि राख्ने, विषय प्रवेश गर्न चाहने एवम् सर्वाम्नाय र विमर्श कुलमा सामेल हुन चाहनेहरुलाई यस विषयमा कुरा बुझ्न मद्दत गर्छ | आचार्यजीले साधकहरूद्वारा उठाइएका र उठाउन सक्ने सामान्य प्रश्नहरूलाई प्रश्नोत्तर शैलीमा सरल र सहज भाषामा उत्तर दिनुभएको छ| उदाहरणका लागि "सर्वाम्नाय तन्त्र के हो ? "" तान्त्रिक साधना के हो?" "तिनका क्रम र प्रक्रिया के हुन् ? तान्त्रिक दर्शन के हो ? "तान्त्रिक साधना रवेदान्तसँग के कसरी मिल्दोजुल्दो छ "? आदि | यस्तै उहाँले गुरु परम्परा, मन्त्र दीक्षा, शक्तिपात, र मन्त्र जपको महत्त्वका बारेमा पनि प्रकाश पार्नु भएको छ | तन्त्र साधना ,जप, भक्ति, पूजा, उपासना, ज्ञान, ध्यान आदिको माध्यमबाट सत्यको खोजी गर्नु हो। यो दर्शनको मूल हो बयान्नब्बे आगमहरुको समागम हो |यो पाठ्यक्रम विशेष गरी प्रारम्भिक रूपमा तान्त्रिक साधनाबारे जिज्ञासा राख्ने र विषय प्रवेश गर्न चाहनेहरुका लागि हो | तन्त्र भन्ने विषय सुनेका तर जादुटुना मात्र ठान्नेहरुका लागि यो कक्षा तान्त्रिक साधनाको ज्ञान मजबुत गर्ने एक प्रारम्भिक पाठ्यक्रम अनि आधारशीला हो। प्रथमखण्डमा यसमा समाविष्ट विषयमा "म को हूँ? " "हामी किन जन्मिन्छौं? "हाम्रो जन्मको सिद्धान्त के हो? ""साधना के हो र यसको के महत्त्व छ? " "चैतन्य, चेतना के हो? " "पूर्ण चैतन्यको अनुभूति कसरी गर्ने? "⁠धर्मको विकास कसरी भयो? " "⁠तन्त्र साधना कसले गर्ने?""कसरी गर्ने? कसले नगर्ने? "ध्यान कसरी गर्ने? " " ⁠ज्ञान के हो? आत्मज्ञान कसरी प्राप्त गर्ने? " ⁠साधना गर्न किन आवश्यक छ? जस्ता आँखा उघारिदिने विषयमा चर्चा गरिएको छ भने दोस्रो खण्डमा टीकाराम यात्री,जीवराम भण्डारी एवम् सुशान्त प्रधानसितको कुराकानी अत्यन्त रोचक र उपलब्धि मूलक छन् | प्रवचन •⁠ ⁠म को हूँ? •⁠ ⁠हामी किन जन्मिन्छौं? हाम्रो जन्मको सिद्धान्त के हो? •⁠ ⁠साधना के हो र यसको के महत्त्व छ? •⁠ ⁠चैतन्य, चेतना के हो? चेतना भनेको के हो? •⁠ ⁠पूर्ण चैतन्यको अनुभूति कसरी गर्ने? •⁠ ⁠धर्मको विकास कसरी भयो? •⁠ ⁠तन्त्र साधना कसले गर्ने, कसरी गर्ने? कसले नगर्ने? ध्यान कसरी गर्ने? •⁠ ⁠ज्ञान के हो? आत्मज्ञान कसरी प्राप्त गर्ने? •⁠ ⁠साधना गर्न किन आवश्यक छ? सम्वाद​ •⁠ टीकाराम यात्री •⁠ जीवराम भण्डारी •⁠ सुशान्त प्रधान

You can also join this program via the mobile app. Go to the app

Instructors

Price

Free

Group Discussion

This program is connected to a group. You’ll be added once you join the program.

Maṇḍapa | Public Forum

Maṇḍapa | Public Forum

Public1,503 Members

Share

Vimarsha Foundation

San Diego, CA, USA

  • Youtube
  • Facebook
  • Instagram
  • X

Disclaimer:​ None of the activities of the Vimarsha Foundation are intended to be "psychotherapeutic" or to treat active or latent emotional, physical, or mental disease. Members participating in the activities of the Foundation should be aware that they do so as fully responsible adults for the sole purpose of spiritual development.

©2024 by Vimarsha Foundation.

bottom of page